अम्बर गुरुङ

अम्बर गुरूङ नेपाली साङगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ । उहाँले सयौँ नेपाली गीतमा सङ्गीत सिर्जना गर्नुभएको छ । गुरूङको जन्म वि.सं. १९९४ फागुन १४ मा बाबु उजीरसिंह गुरूङ र आमा रेणुका गुरूङको कोखबाट भारतको दाजीर्लिङको लालढिकीमा भएको थियो । उहाँका बुबा तथा हजुरबुबा देवराज गुरूङ पनि सेनामा जागिर हुनुहुनथ्यो । अम्बर गुरूङको पुख्र्यौली घर गोरखा जिल्लाको रिसिङ हो ।

तीन छोरा किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरूङ नेपाली सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान दिएवापत नेपाल सरकारका साथै अनेकौँ सङ्घसंस्थाबाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ । उहाँको पहिलो रचना ‘नौ लाख तारा उदाए’ हो । उहाँले यो गीत २०१८ सालमा गाउनुभएको थियो । उहाँका ‘समालेर राख (गीतसङ्ग्रह)का साथै १५० जति गीत रचना छन् । उहाँले दुई सय जति गीत गाउनुभएको छ भने मुनामदन गीति नाटक र पहाड चिच्याइरहेछ आदि लगायत पाँच सय गीतको सङ्गीत रचना गर्नुभएको छ । मनको बाँध, कर्मको फल, सपना कतिपय आदि चलचित्रमा उहाँको सङ्गीत संयोजन÷निर्देशन रहेको छ । हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति रहनुभएका गुरुङलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २००९ मा प्रतिभा सम्मानद्वारा सम्मानित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *