प्रा.डा. गोविन्दराज भट्टराई

अङ्ग्रेजीका प्राध्यापक हुनुहुन्छ । उहाँ अनुवाद साहित्यमा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँको जन्म २०१० साल चैत ४ गते झापामा भएको हो । उहाँले करिब आधा दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाउनुभएको छ । डा. भट्टराई हाल कीतिर्पुर नगरपालिका–२ ट्याङ्लाफाँट, काठमाडौँमा बस्नुहुन्छ । उहाँका मुगलान (उपन्यास,२०३१), मणिपुरको चिठी (उपन्यास, २०३४), तीनधारा (कथासङ्ग्रह सहलेखन, २०३५), काव्यिक आन्दोलनको परिचय (२०६१), एक्लै एक्लै एक्लै (निबन्धसङ्ग्रह, २०६०), सेलेक्टेड नेपाली एसेज (अनुवाद, २०६०), आख्यानको उत्तरआधुनिक पर्यावलोकन (समालोचना, २०६१), पश्चिमी बलेँसीका बाछिटा (समालोचना, २०६१), विश्वविद्यालयमा अग्निपूजा (निबन्धसङ्ग्रह, २०६१), सेलेक्टेड स्टोरिज फ्रम नेपाल (अनुवाद, २०६१), उत्तरआधुनिक ऐना (समालोचना, २०६२), सुकरातका पाइला (उपन्यास, २०६३), उत्तरआधुनिक विमर्श (समालोचना सिद्धान्त, २०६४), सँगै बसौँ यो रात (निबन्धसङ्ग्रह, २०६४) र सुकरातको डायरी (उपन्यास, २०६८) आदि प्रकाशित छन् । उहाँले नेपाली डायास्पोरिक भाषा, साहित्यका क्षेत्रमा पु¥याउनुभएको अमूल्य योगदानको कदर गर्दै नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०१२ को ‘प्रतिभा सम्मान’ द्वारा अभिनन्दन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *