भजनशिरोमणि भक्तराज आचार्यले सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य र बुबा बलभद्र आचार्यको कोखबाट जन्म लिनुभएको थियो । उहाँले जन्मेको साढे एक वर्र्षमा नै आफ्नो बुबाको मायाबाट बञ्चित हुनुपरेको थियो ।
‘मलाई जीवन चाहिन्छ….’ बोलको गीत रेकर्ड गरी साङ्गीतिक क्षेत्रमा लाग्नुभएका आचार्यले वि.सं. २०३० देखि २०४६ साल सम्मको साङ्गीतिक यात्रामा करिब ४५० गीतहरु गाउनुभयो । उहाँले गाउनुभएका गीतहरुमध्ये २०–२५ वटा गीतहरु बाहेक सबै उहाँका आफ्नै कम्पोजिसनमा हुन् ।
श्री आचार्यमाथि २०४६ सालमा एउटा बज्रपात प¥यो र उहाँले सधैँका लागि आफ्नो सुरिलो स्वर गुमाउनु प¥यो । यस घटनाले गर्दा नेपाली साङ्गीतिक क्षेत्रले एकजना बहुमूल्य प्रतिभाको आवाजलाई गुमायो । ‘कोही नगरोस्…. प्रेम अमरप्रेमको मूल्य कहाँ छ…?’ यो गीत नै उहाँको लागि अन्तिम गीत थियो बन्न पुग्यो । उहाँले सुगम सङ्गीतका क्षेत्रमा पु¥याउनुभएको अमूल्य योगदानको कदर गर्दै उहाँलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०११ मा ‘प्रतिभा सम्मान’ द्वारा अभिनन्दन गरेको थियो ।