रानालाई सम्मान, दिक्पाललाई पुरस्कार

काठमाडौँ । बेलायतमा बसोबास गर्दै आएका स्रष्टाहरूको सक्रियतामा नेपाली भाषा, साहित्य एवं संस्कृतिको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले सन् २००८ मा स्थापना भएको साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसrana वर्ष प्रसिद्ध गजलकार तथा प्राज्ञ बूँद रानालाई नेपाली गजल विधामा विशिष्ट योगदान दिएबापत ‘प्रतिभा सम्मान’ एवं नेपाली कथाका साथै पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत युवा कथाकार–पत्रकार राजकुमार दिक्पाललाई ‘प्रतिभा पुरस्कार’द्वारा सम्मानित एवं पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रत्येक वर्ष प्र
दान गरिने सम्मानको राशि नगद बीस हजार र पुरस्कारको राशि नगद एक लाख रहेको छ । प्रतिष्ठानका नेपाल संयोजक शशी लुमुम्बूका अनुसार सम्मान एवं पुरस्कार आगामी पुस १३ गते काठमाडौँमा आयोजना गरिने एक समारोहबीच समर्पण गरिने छ ।

यसैबीच नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको हालै सम्पन्न साधारणसभाले दयाकृष्ण राईको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको । साधारणसभाले उपाध्यक्षमा दीपा लिम्बू राई, टंक वनेम र गणेश राईलाई चयन गरेको छ । त्यस्तै महासचिवमा मिजास तेम्बे, सचिव नरेश नाति, सहसचिव अप्जसे कान्छा, कोषाध्यक्ष देवेन्द्र खेरेस र सहकोषाध्यक्षमा चोक गुरुङ चुनिएका छन् भने नरेश काङमाङ राई, निर्मला राई, सूर्यकला नेम्वाङ, भूमिराज राई, मुकेश राई, विश्वकाजी राई, विजय हितान, अन्जु अन्जली, मुलीवीर राई र लालसुन्दर रार्ई सदस्य रहेका छन् । संस्थाका संरक्षकमा निवर्तमान अध्यक्ष dikpalरक्ष राई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *