लण्डन । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलालाई युकेमा विशेष सम्मान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले २०१५ अक्टोबर ३ मा लण्डनमा एक कार्यक्रम गरी उनलाई विशेष सम्मान गरेको हो ।
फेल्थम कम्युनिटी कलेज लण्डनमा भएको उक्त कार्यक्रममा भाग लिन नेपालबाट काइँलाका साथै मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ, कथाकार एवं पत्रकार राजकुमार दिक्पाल र पत्रकार नाओती नेमबाङ युके आएका थिए ।
सो कार्यक्रममा ‘आठौँ अभिव्यक्ति श्रृङ्खला’मा कवि रक्ष राईले आफ्ना कविता प्रस्तुत गरेका थिए । सोही अवसरमा गीतकार मुकेश राईको ‘रङ्ग जिन्दगीको’ नामक गीतिकृतिको पनि विमोचन गरिएको थियो ।
साथै दुई महिनापछि प्रतिष्ठानले राजन मुकारुङको एकल रचना वाचन कार्यक्रमको पनि आयोजना गरेको थियो ।
