लामो समयदेखि बेलायती डायस्पोरामा नेपाली साहित्य, सङ्गीत तथा कलाको श्रीवृद्धिमा क्रियाशील यस नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले कवि तथा प्राज्ञ शशी लुमुम्बूलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बेलायतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लुमुम्बूले यस संस्थाको स्थापना कालदेखि आजपर्यन्त पु¥याउनु भएको सहयोग र योगदानको कदर गर्दै उहाँलाई मानार्थ सदस्यको उपाधिले सम्मान गर्ने निर्णय गरिएको हो ।
