युकेमा झुमा लिम्बुको गीतमा झुमिए नेपाली संगीतप्रेमी

jhuma-rai

वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङसित संगीत सिकेकी गायिका झुमा लिम्बुको एकल गायन युकेमा सम्पन्न भएको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा शनिबार सो एकल गायन आयोजना गरेको थियो ।

भक्तराज आचार्यको ‘जहाँ छन् बुद्धका आँखा’बाट गायन शुरु गरेकी उनले तारादेवी, नारायण गोपाल, बच्चुकैलाश, अरुणा लामा साथै आफ्नै लोकप्रिय गीतहरु गरी करिब डेढ दर्जन गीत गाएकी थिइन् । उनलाई वाद्यवादनमा संगीतकार विश्व शाही र नाम्लो ब्याण्डका गंगाबहादुर थापाले साथ दिएका थिए ।

‘झुमाले मुन्धुम मात्र गाउँछ नेपाली गीत गाउन बिर्सेछ भन्नेहरुलाई’ भन्दै उनले अम्बर गुरुङसितको सहकार्यमा तयार पारिएको गीत यसरी पस्किइन्-

कतै अपार सागर होला कतै सानो खोला


सागर हो कि जीन्दगी हाम्रो हो कि सानो खोला 


यही सोचेर बाँचेकी छु जीन्दगी यो जिन्दाबाद…”

उनलाई एउटा गीतमा गंगा थापाले साथ दिएका थिए भने बीचमा नरेश नातिले नारायणगोपालको दुईवटा गीत गाएका थिए ।
आफ्नो एल्बम “खासाम”को प्रचारका लागि युके आएकी गायिका लिम्बु किरात संस्कृतिमा आधारित मुन्धुमी गीतमा मात्र होइन, सुगम संगीतमा पनि उत्तिकै पोख्त छिन् । उनको सोही प्रतिभालाई प्रस्तुत गर्न झुमा संगीत साँझ राखिएको प्रतिष्ठानका महासचिव मिजास तेम्बेले बताए ।

jhuma2

Leave a Reply

Your email address will not be published. Required fields are marked *