बरिष्ठ कलाकार तथा चित्रकार टेकवीर मुखियाको जन्म सन् १९३८ जनवरी २५ तारिख काठमाण्डौमा भएको हो । वहाँले ४५०० भन्दा धेरै पुस्तकहरुको कभर डिजाईन गर्नु भएको छ । ३० वटा जति बालकिताबहरुको तस्बीर चित्र कोर्नु भएको छ ।
वहाँले (प्रबल गोर्खा दक्षिण बाहु) राजा बिरेन्द्रबाट प्राप्त गर्नु भयो । यसैगरि राष्ट्रिय प्रतिभा पुरस्कार (२००२), निश्चल बाल पुस्तक पुस्कार १९९९, २००१,२००३ र अन्य थुप्रै प्रथम र द्धितिय पुरस्कारहरु प्राप्त गर्नु भएको छ । मुखियाको पैन्टिङ कलाको अद्भुद कला सम्मन योग्य हुन।