बरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठको जन्म सन् १९५४ मार्च २१ तारिखका दिन देन्ताम बजार पश्चिम सिक्किममा भएको हो ।
वहाँको प्रकाशित कृतिहरुमा पुष्प वाटिका कविता संग्रह (१९८५), मेरा केही स्मृतिहरु (संस्मरण) प्रथम (१९९४), मेरा केही स्मृतिहरु (संस्मरण) दोस्रो (१९९६), मेरा केहि यात्रा संस्मरणहरु –निबन्ध संग्रह ) (१९९५), मह (कबिता संग्रह), मोह (कविता संग्रह), आत्मासाक्षात्कार (निबन्ध २००३), माया –कविता संग्रह (२००५), मन –कविता संग्रह (२०१३), मेरा केही अभिब्यक्तिहरु (निबन्ध २०१०), चाँदनी रात (गीति एल्बम), तिम्रो मुस्कान (गीति एल्बम), लगायत अन्य धैरै कृतिहरु प्रकाशित छन् ।
मेरा केही गीत, गजल र भजनहरु मेरा केही कथाहरु लगायत केही एल्बमहरु प्रकाशोन्मुख कृतिहरु पनि रहेका छन् । वहाँले भानु जयन्ती समारोह समिति रंगेलीबाट अभिनन्दन, युवा साहिन्य प्रतिष्ठान गान्तोकबाट अभिनन्दन, एम्वास्डर फर पीस यूपीएस काठमाण्डौबाठ सम्मान लगायत दर्जनौ अभिनन्दन र सम्मान प्राप्त गर्नु भएको छ