भागिरथी श्रेष्ठ

बरिष्ठ कथाकार भागिरथी श्रेष्ठको जन्म २००५ साल भाद्र १७ गते लुम्बिनी अञ्चल, रिडी बजार गुल्मीमा भएको हो । स्नातक तहसम्मको अध्ययन गरेकी श्रेष्ठका क्रमशः (कथासंग्रह (२०४२) विभ्रमः (कथासंग्रह २०५०), मोहदंशः (कथासंग्रह २०४३), रंगीन पोखरी (कथा संग्रह २०५०), भुमिगत (कथा संग्रह २०६२), मालती (उपन्यास २०३४), रातो गुलाफ (कथा संग्रह २०६४), यस्तो एउटा आकाश – उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठान २०४६, अग्नि पर्व ( हिन्दी अनुवाद उपन्यास २०६४, ‘कगार की आग), बातभच तजभ कगल कभत – कथा संग्रह,२०६९), बाल कथा, स्वावलम्वन, रिमोट कन्ट्रोल, घ्याम्पे काका, कृतिहरु प्रकाशित छन् । वहाँले राष्ट्रिय प्रतिभा पुरस्कार २०५७, रत्नश्री सुबर्ण पदक २०४३, गरिमा पुरस्कार २०६४, मैनाली कथा पुरस्कार २०४८, गोभा साहित्य पुरस्कार २०६८, महाकबि देवकोटा पुरस्कार २०७२, पारीजात स्मृति साहित्य मितेरी सम्मान २०६२, लगायत झण्डै एक दर्जन भन्दा धेरै पुरस्कार र सम्मान पाउनु भएकी छिन । नेपाली कथा क्षेत्रमा एउटा भुल्न नसकिने नक्षत्र भगिरथी श्रेष्ठ उत्कृष्ठ कथाकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *