वरिष्ठ कवि वेणु आचार्य वि सं १९९८ साल मङ्सिर १९ गते भोटेछाप, तेह्रथुममा जन्म भएको हो । सम्मानित प्रतिभा आचार्यले २०१८ तिरबाट कविता लेख्न थाल्नुभएको थियो । उहाँका ‘असमान यी धर्तीका तस्बिरहरू’ र ‘एक चोक्टा इतिहास’ गरी दुई कविता र एक मुक्तक सङ्ग्रह प्रकाशित छन् ।
उहाँले ‘छायाँ’, ‘प्रेरणा’, ‘जनजागृति’, ‘कोसीका कोसेली’जस्ता साहित्यिक सङ्कलन एवं पत्रिकाको सम्पादन गर्नु भएको छ । उहाँ धरानका वम देवान, कृष्ण पाख्रिनहरूसँग समाज परिवर्तनका लागि साहित्यिक अभियान सन्चालन गर्ने पुराना स्रष्टा हुनुहुन्छ । उहाँलाई नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत ‘प्रतिभा सम्मान सन् २०१७’ प्रदान गरिएको हो ।