दिपा लिम्बू राई

 

 

 

नामः दिपा लिम्बू राई

जन्म :–४ फेब्रुवरि १९७६
लखनपुर झापा, नेपाल

प्रकाशीत कृतिहरुः
१. कोसीश (गीति एल्बम)
२. युद्द र सहअस्तित्व र सिर्जना (कविता संग्रह)

 

 

१. आफन्त आवाज

ऊ को हो?
कम्ब्याट भित्र…
हेल्मेटले अनुहार पुरिएको
म ठम्याउन बन्दै सक्तिन ।

रगताम्य अनुहारमा
लाठी बर्साईरहेको देख्छु
पानी पानी पानी
पानी मागिरहेको छ ।
त्यो आवाज किन मलाई आफन्त लाग्छ ।

म उसलाई नियालेर हेर्छु
खुट्याउन सक्तिन ।

उसको के दोष थियो र,
हातमा बाधेर तालिवानहरुले बुटै बुटले हानीरहेछन् ।
फिजिकल टचर दिईरहेछन् ।
म झस्केर ब्युझन्छु
सपनाबाट बिपनामा अनुवाद हुन्छु ।
उसलाई खोज्छु यता उता
आखिर उ को थियो ?
त्यो पानी माग्ने आवाज कस्को हो ह“?

२. समुद्र ध्वस्त छाती र साझहरु

समुद्रको किनारामा
हुत्तिदै आउने छालहरुसंगै
आधि भिज्दै सधैं सधैं
यी यस्तै सा“झहरु
ए समुद्र एक टकले हेरिरहन्छ ।

समुद्रको पारि क्षितिज
कतै प्रेमिल अवशेष बा“कि छ ?
पक्रिन सधैं सधैं
यी यस्तै साझहरु
टोलाएर सधैं

समुद्रतिर पर्किरहन्छ ।
जीवन भोगाईको
अनेकन गुनाशोहरु
माटो गुमाउदाको कथा
ग्रिनेड लन्चरले ध्वस्त बनाएको छा“तीको आ“शु
यी यस्तै सा“झहरुमा
समुद्रलाई सुनायदै धुन्छ ।

 

३. युद्दभूमिको झल्को

जव मलाई हल्लाहरुले बिथोल्छ
म जोडले ढोका बन्द गर्छु
बन्द कोठा भित्रबाट
अलिकति ∆याल उघारेर
पुर्व क्षितिजलाई चियाउछु ।

सम्झनाको झोक्का किन आउछ यसरी ?
यति बेला बेजोडसंग
मलाई भत्काएर छिन्नभिन्नतामा छर्नेगरि
झोक्कामा झल्को आउछ
झोक्काको झल्कोहरुले
युद्दभूमि नादियालीको आकृति ल्याउछ
छरिन्छ उसको आकार
समयको बजारमा
टिप्छु
बटुल्छु
सम्हाल्न खोज्छु
फेरि एउटा सग्लो आकृति पुग्दैन
म पनि त्यहि बजारमा छरिन्छु
कति कति तृष्णाहरु, यादहरु
सल्बलाएका छन्
तिनै झल्कोहरुले बोकि ल्याएको
सम्झना दिलाउने संगीतमा
म टुक्रा टुक्रामा रुपान्तरण भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *