चोक गुरुङ

चोक गुरुङ

पुरा नामः चोक बहादुर गुरुङ
जन्मा स्थान ईलाम, माईमझुवा – ६ सापडा“डा
जन्म मितिः २०३५
बिधाः गीत, कविता, संगीत र गायन
प्रकाशीत कृतिहरुः

१. गितान्जली (गीति कबिता सग्रह)
२. देशै रमाईलो (गीति एल्बम)
३. दुःखी जिबन(गीति एल्बम)
४. अनुरोध (गीति एल्बम)
५. अप्रिल फोर (गीति एल्बम)
६. प्रकट (एकल संगीत)
७. ईलामको कोशेली भाग एक
८. साँचो (एकल संगीत)

कविता
माग्ने झोला
झोला मेरो माग्ने भाडो
झोला मेरा छाक टार्ने भाडो
टन्न भरी झोला बोकेर
र्पासल बाड्दै हिड्ने भाडो

एक देश देखि अर्को देश
एक ठाउँ देखि अर्को ठाउँ
एक गाउँ देखि अर्को गाउँ
पुर्ब देखि पश्चिम
उत्तर देखि दक्षिण
पाहुना जाँदा वा
भेट घाट गर्न जाँदा
ढोग्न जाँदा वा
पैचो माग्न जाँदा
बोकेर जाने भाडो
मेरो माग्ने झोला ।।

मेरो झोला टन्न छ
म खुशी छु
मेरो झोला रित्तो छ
म दुःखी छु
मेरो झोला गह्रौ छ
म ढुक्क छु
मेरो झोला हलुङ्गो छ
म भूक्क छु
मेरो झोला नयाँ छ
मन शान्ति छ
मेरो झोला फाटेको छ
मन अशान्ति छ
झोला भित्र थरी थरी छ
म रमाउँछु
झोला भित्र केहि छैन
म रुन्छु

एक दिन
एक दिन झोला बोक्न र्बिसिए
र्हेदै हेरेनन् उनले
अर्को दिन
अर्को दिन झोला भरी हुस्की र ब्राण्डी
लिएर गए
स्याबासी उपादी दिए उनले
खै के भनौ
यो माग्ने झोला
कहिले दुःखी बनाउँ छ
कहिले खुःशी बनाउँ छ
कहिले हँसाउँ छ
कहिले रुवाउँ छ
कसैलाई शिक्खर चडाउँ छ
कसैलाइ दिक्दार लगाउँ छ
खै म के भनौ
यो माग्ने झोला ।।

 गीत

काम छोडी आउँनु ए मेरो हजूर दोबाटो घुम्तिमा
लाउँला है मायाँ खाउँला है कसम यो जीबन भरिमा

कहिले काहि एकान्तमा तिम्रै नाम जब्छु
हत्केलामा तस्बिर राखि छात्ति माझ टास्छु
कहाँ होल मेरो हजूर चाडै फर्कि आउँनु
पिरतीको भारी हालि चोखो मायाँ ल्याउँनु
दिनै पिच्छे थालि बोकि मन्दिर तिरै धाउँछु
संगै बाच्ने संगै मर्ने बरदान मागि आउँछु
क्षितिज पारी भए देखि चाडै फर्कि आउँनु
पिरतीको भारी हालि चोखो मायाँ ल्याउँनु

काम छोडी आउँनु ए मेरो हजूर दोबाटो घुम्तिमा
लाउँला है मायाँ खाउँला है कसम यो जीबन भरिमा
गीत

सम्झेर ल्याउँदा झझल्को आउँछ हिडेको बाटोमा
मरेर पनि के लानु छ र मिल्नु छ माटोमा

मरेको भोलि पुरानो लुगा कपुरमा राख्दछ
सम्झेर ल्याउँदा यो जीन्दगीमा रुन मन लाग्दछ

धनको धेरै नगर्नू कुरा त्यो मर्दा पाईन्न
मरेर जाँदा त्यो तिम्रो लासमा सुनले छाईन्न

सम्झेर ल्याउँदा झझल्को आउँछ हिडेको बाटोमा
मरेर पनि के लानु छ र मिल्नु छ माटोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *