नरेश नाति

नरेश नाति

नाम – नरेश कुमार राई

साहित्यिक नामः नरेश नाति माङपाहाङ
ठेगाना – लिम्बा – १ कन्याटार, पाँचथर
शिक्षा – आई.ए
बिधाः गीत, मुक्तक र कथा

प्रकाशीत कृतिहरुः
१. बाटो खोज्दा खोज्दै (गीति संग्रह)
२. मन बेईमानी (मुक्तक संग्रह)

१.

कहाँ तिम्रो संसार कहाँ मेरो संसार
जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र

तिमी माथि आकाशमा उडी हिड्ने चरी
मेरो जीवन वतासमा पात उडे सरी
तिम्रो जीवन फूलवारीमा फूल फूले सरी
म त सधै वगरमा ढूंगा लडे सरी

तिमी सधै उज्यालोमा खुशी रोज्दै हिड्ने
मेरो जीवन अध्यारोमा बाटो खोज्दैै हिड्ने
तिमी मनको चाहनामा जून रोजी हिड्छौ
म त सधै पीरै पीरमा ब्यथा वोकी हिड्छु

२.

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा
असह्य भो जीउन मलाई दुःख को यो संसारमा

किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो
सबै कुरा पूरा भई ,खुशी छाए जस्तो
कति बोल्नु झूठो कुरा दुनियाँको नजरमा
असह्य भो जीउन मलाई, दुखिया यो संसारमा

वेइजती पो हुने हो कि नलुकाए दुःख
लुकाएर आफ्नो दुःख कहाँ हुन्छ सुख
कति छेक्नु मनको पीर दुनियाँको नजरमा
असह्य भो जीउन मलाई, दुख को यो संसारमा

३.

देशकै छोरो बन्नलाई शिरै बाजी राख्नु प–यो
विरहमा परीन आमा हजारौको आँशु झ–यो
मिठा मिठा सपनाहरु मनभरी साँच्दै गए
फर्कि आउने बाचा छाडी सधै भरी टाढा भए
कसको भर पर्ने होला सबै वाट आशा म–यो
विरहमा परीन आमा हजारौको आँशु झ–यो
जीवन यहाँ हटियाको पशु भन्दा सस्तो भयो
मानवता र संवेदना कता तिर हराई गयो
मान्छे भित्र खै के पस्यो हृदयमा ढु्रङ्गा प–यो
विरहमा परीन आमा हजारौको आँशु झ–यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *