मायालुले दिलकोबास अन्त कतै सारे पछि
मायॅा बोक्ने मुटुनै टुक्रैटुक्रा पारे पछि ।
पिरतीको चोखो माया फूल्नै नपाई झर्नेभए
आशाको कोपीलामा पराई नजर लागे पछि ।
दोबाटोमा लाएको मायाॅ चौबाटोमा छुट्टिने भए
हेर्दा हेर्दै बिश्वासको वत्ती निभे पछि ।
चल्नै छाड्यो हरपल दौडिरहने मेरा मपाइलाहरू
निस्ठुरी मायालुले आधा बाटोमै छाडे पछी ।
बगिरहने भेलसरी भए मेरा बेदनाको आँशुहरु
सधै आउने सपनीमा भेट्न छाडे पछि ।
अग्नीप्रसाद केदेम लिम्बु
बेलायत
