सुप्रमा-ईप्रमा पुरस्कारद्वारा कवि खेरेस पुरस्कृत

देबेन्द्र खेरेस

अनेसास यूके च्याप्टर मार्फत प्रदान गरिदै आएको सुप्रमा-ईप्रमा पुरस्कार यस बर्ष कवि देवेन्द्र खेरेसलाई वहाँको कविता सँग्रह ‘कोलम्बस यात्रा’ को लागि प्रदान गरिएको छ l
२५ जुलाई शनिवारका दिन सभापति लाराको सभापतित्व तथा प्रमुख अतिथी महामहिम राजदूत डा दुबसु सुबेदी, केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, नेपाल, नवनिर्बाचितत्रय अध्यक्ष प्रकाश पौडेल ‘माईला’,जापान, बरिष्ठ उपाध्यक्ष गोबर्धन पूजा, अमेरिका, सदस्य डा रेणुका सोलु, नेपाल, सल्लाहकार सुमल कुमार गुरुङ्ग तथा बेलायतका साहित्यकारहरुको समुपस्थितिमा जुम मार्फत मनाइएको भानु तथा ईश्वर जयन्तिको अवसरमा पुरस्कार समितिको तर्फबाट डा रुपक श्रेष्ठद्वारा यस वर्षको पुरस्कार घोषणा गरिएको हो !
बेलायती नेपाली डायस्पोराका आदिकवि मानिने ईश्वर प्रसाद मानन्धरले आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरका स्मृतिमा सन् २०१२ मा स्थापित सो पुरस्कारको रासी २५१ पाउण्ड रहेको छ l
बिक्रम सम्बत २०२७ सालमा दिक्तेल खोटांगमा जन्मनु भएका कवि खेरेस बेलायती – नेपाली डायस्पोरामा बिगत एक दशक भन्दा अघि देखि नेपाली कविता लेखन र समालोचनामा सक्रिय हुनुहुन्छ। वेलायती डायस्पोराका एक जना ससक्त साहित्यकारका रुपमा मानिने कवि खेरेसका दुई काब्य कृतिहरु ‘रुङ्ग्ग्रिको बयान र नदी किनारा’ (२०६५) र ‘कोलम्बस यात्रा’ (२०७५) प्रकाशित छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *