नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को लागि अभिव्यक्ति श्रृङ्खला भाग–१३ गत शनिबार १२ जुन का दिन भव्यताका साथ् सम्पन्न गरेको छ। भर्चुवल रुपमा जूम मार्फत सम्पन्न भएको सो समारोहका मुख्य नायक वा अभिव्यक्ति स्रष्टा बरिष्ठ कवि तथा गीतकार कोमल प्रसाद श्रेष्ठ मल्ल निराकार ज्यू हुनुहुन्थ्यो। बिक्रम सम्बत २०१६ सालमा दिपायल नगरपालिका – २, सिलगढी बजार, डोटीमा जन्मनुभएका कवि मल्ल हाल बेलायतको लण्डनमा बस्तैआउनुभएको छ। गीत, गजल, कविता, मुक्तक र कथा विधामा बरोबरी कलम चलाउने श्रष्टा मल्लका नौ वटा कृतिहरु प्रकाशित छन्। स्रष्टा मल्लले नेपाली साहित्यमा दिनुभएको योगदानको कदर गर्दै यस बर्षको अभिव्यक्ति सम्मान – २०२१ उहाँलाई प्रदान गरिएको हो। सम्मानित कवि मल्लले दुइ चरणमा आफ्ना उत्कृष्ट केहि कविता, मुक्तक र गीति रचनाहरुको प्रस्तुति दिनुभएको थियो भने युवा गायक तथा संगीतकार बिसी राईले एउटा गीत गायनको प्रस्तुति समेत गरेका थिए।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष साहित्यकार गणेश राईको सभापतित्व र बरिष्ठ संचार कर्मी तथा बि.बि.सी. नेपाली सेवाका पूर्व प्रमुख श्री खगेन्द्र नेपाली ज्यूको आतिथ्यमा सो समारोह सम्पन्न भएको हो। साडे दुई घण्टा लामो चलेको उक्त कार्यक्रमका अन्य अतिथिहरुमा बिशेष अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ कवि शशि लुमुम्बू, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष– जंग सुनुवार, नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष साहित्यकार सुरेशजंग शाह, यती नेपाली एशोसियशनका अध्यक्ष ध्रुव केसी, कोशेली सास्कृतिक परिवारका अध्यक्ष सर्मिला सिंह, इस्ट लण्डन नेपाली (गोर्खा) समाजका अध्यक्ष – दिलकुमार इवाराम, आमचोक चौतारी समाज, युकेका अध्यक्ष–सनबीर राई, नेपाली बाङमग प्रतिष्ठान बेलायतका महासचिव जयालक्ष्मी राई, नेपाली साहित्य विकास परिषद् यूकेका निवर्तमान अध्यक्ष हरिसिंह थापा र बरिष्ठ गीतकार टिका चाम्लिङ्ग रहनुभएको थियो।
स्थापनाकालदेखि नै प्रतिभा प्रतिष्ठानले निमियत रुपमा हरेक वर्ष गर्दै आएको ‘अभिव्यक्ति शृङ्खला’मा यसअघि चोक गुरूङ, दयाकृष्ण राई, टंक वनेम, किशोर गुरूङ, अञ्जु अञ्जली, नोर्देन तेन्जिङ भुटिया, शशी थापा सुब्बा, रक्ष राई, निर्मला परिवेश राई, डा. रूपक श्रेष्ठ, गणेश राई र जानु कम्बाङ्ग लिम्बू प्रस्तुत भइसकेका छन् ।
पहिलो र तेस्रो चरणको कार्यक्रम प्रतिष्ठानका महासचिव देबेन्द्र खेरेसले र दोस्रो चरणको कार्यक्रम सचिव नरेश नातिले सञ्चालन गरेका थिए भने उपाध्यक्ष टंक वनेमले स्वागत मन्तब्य राखेका थिए।




