टीका चाम्लिङ

गीतकार टीका चाम्लिङको जन्म बि.. २०३० साल पुस चार गते नुनथला दिक्तेल खोटाङमा भएको हो

नेपाली साहित्य बिषयमा स्नातकोत्तर गरिसक्नु भएको चाम्लिङका मुन्दुम मालिङ्गो गीतिसंग्रह (२०७१), जूनको बस्ती गीतिसंग्रह (२०६८), समयको रङ गीतिसंग्रह (२०६४), सपनाको रङ (२०६०), राखौ सम्झना लोकदोहोरी गीति अडियो (२०५१), सोमबारे हाटैमा लोकदोहोरी गीति अडियो (२०५९), सधैभरि गीति अडियो (२०५८), साथै १०० भन्दा बढी फुटकर रचनाहरु बिभिन्न पत्रपत्रिका तथ अडियो भिडियोहरुमा
प्रकाशित÷प्रशारित सङग्रहित छन्
गीतकार टिकाले २०६१ सालमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रब्यापी प्रतियोगितात्मक आधुनिक सङ्गीत सम्मेलनमा सर्वोत्कृष्ट गीतकार, सृजनशिल युवा समाज सोलुखुम्बुद्धारा सम्मान, खोटाङ सेवा समाज बेलायतद्धारा पुरस्कृत, जिमी राई उत्थान समाज केन्द्रीय कार्यसमितिद्धारा प्रदान गरिने गीति सम्मान २०६२ द्धारा सम्मानित, किरात राई यायोक्खा कार्यसमितिद्धारा संरक्षित आयोजित छत्रबिष्णु कृति सम्मान २०७२ द्धारा सम्मान पाउनु भएको चाम्लिङ नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र का उपाध्यक्ष लगायत बिभिन्न संघ संस्थामा संलग्न हुनुका साथै पत्रपत्रिकाका सम्पादक समेत गर्नु भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *