नवीन विभास

खास नाम किरण पुन भए पनि साहित्यजगत्मा नवीन विभास नामबाट सुपरिचित उहाँको जन्म वि.सं.२०३६ साल मङ्सिर २९ गते राङ्कोट गाविस वडा नं.–, जैपा, रोल्पामा आमा दिलसरी बाबा दलबहादुर पुनको कोखबाट भएको हो

विशेष गरी विपन्न समाजको नेपथ्यमा छेकिएका मानिसहरूका कथालाई कविता, निबन्ध तथा कथाका माध्यमबाट प्रस्तुत गर्न माहिर नवीनका आधाबाटो हिँडेपछि (कथासङ्ग्रह, २०५७), मौसमका हरफहरु (सङ्युक्त कवितासङ्ग्रह, २०५८), उनका गजल (सङ्युक्त गजलसङ्ग्रह, २०५९) रात पनि ऐठन परेको रातमा (निबन्धसङ्ग्रह, २०६०) प्रकाशित छन्

माओवादी जनयुद्धमा आधारित आधा दर्जन संस्मरण कथाकिताब,रापतीका गीत नामक रापतीका प्रतिनिधि गीतसङ्ग्रहका साथै आँखीझ्याल, पहल बहिंगालगायतका साहित्यिक पत्रिकाहरूको सम्पादन गर्नुभएको

रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत नवीन विभासले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा पूर्वाञ्चल विश्वविद्यालय आमसञ्चार पत्रकारितामा स्नातकोत्तर गर्नुभएको विभासलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतबाट सन् २००८ मा नगद तथा ताम्रपत्रसहित प्रतिभा पुरस्कारद्वारा पुरस्कृत गरियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *