काठमाण्डौ, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान २०२३ र प्रतिभा पुरस्कार २०२३ मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई काठमान्डौको ग्रिनलिफ फुड क्याफेमा बिशिष्ट ब्यत्तित्वहरू साथै संन्चार कर्मीहरू बीच एक भब्य कार्यक्रम गरी सम्मान र पुरस्कार हस्तान्त्रण गरिएको छ।
प्रतिष्ठानद्वारा काठमाण्डौमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति मुन्धुम विद बैरागी काईलाज्यूले ताम्रपत्र र ५० हजार नगदराशिको सम्मान थैली सम्मानीत स्रष्टालाई र ताम्र पत्र सहित रू १,००००० एक लाख नगदराशिको पुरस्कार थैली पुरस्कृत स्रष्टालाई प्रदान गर्नुभयो ।
नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सन् २००८ मा बेलायतमा स्थापना भएको यस सस्थाले अहिलेसम्म २८ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिसकेको छ । त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रृंखला पनि आयोजना गर्दै आएको छ ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष गणेश राईज्यूको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति मुन्धम विद बैरागी काईलाज्यूले सम्बोधन गरेका थिए भने कवि गीतकार तथा साहित्यकार शशी लुमुबुज्यूले कार्र्यक्रम सन्चालन गरेका थिए।
सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र बिमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् भने गत वर्ष वरिष्ठ कवि बैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरिएको थियो ।
यसै गरी प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन् ।


