१५औँ अभिव्यक्ति शृङ्खलामा नरेश नातिको एकल गायन प्रस्तुति 

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १५औं अभिव्यक्ति शृङ्खला भब्य र सभ्य ढंगले सम्पन्न गरेको छ। टिथवार्थ स्थित Himalayan Oasis हलमा सम्पन्न पन्द्रौ शृङ्खलामा बहु-प्रतिभासाली श्रस्टा गायक, संगीतकार तथा कबि श्री नरेश नातिलाई मञ्च प्रदान गरिएको हो।

३० नोभेम्बर शनिबार सम्पन्न कार्यक्रममा स्रस्टा नरेश नातिलाई नेपाली भादगाउले टोपी र ताम्र पत्रले सम्मान गरिएको थियो। झन्डै दुइ घण्टा चलेको उक्त कार्यक्रममा स्रस्टा नातिले दर्जनौ उत्कृष्ट गीतहरु प्रस्तुत गरि दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए।साथै कार्यक्रममा गायिका सुनिता थेवेले साथ दिएको थियो। 

प्रतिष्ठानका अध्यक्ष टंकवनेमको सभापतित्व र नेपाली गीत संगीतका साधक बरिष्ट संगीतकार श्री दिनेश सुब्बाको प्रमुख आतिथ्यामा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा बिभिन्न क्षेत्रमा काम गर्दै आउनु भएको नेपालीहरू उपस्थित रहेका थिए। प्रतिष्ठानका महासचिव चोक गुरूङले पहिलो चरणको कार्यक्रम संचालन गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष श्री देवेन्द्र खेरेशले स्वागत मन्तब्य दिनु भएको थियो। सस्थाका सचिव अन्जु अन्जलीले स्रस्टाका बायोग्राफी पढेर सुनाउनु भएको थियो साथै हाल सम्म अभिव्यक्ति शृङ्खलामा मन्च प्रदान गरिएका श्रस्टाहरुको नामावली पढेर सुनाउनुका साथै दोस्रो चरणको कार्क्रम सन्चालन गर्नु भएको थियो।

नरेश कुमार राई अर्थात (नरेश नाति) माङपाहाङका कृतिहरू

बाटो खोज्दाखोज्दै’ गीतसङ्ग्रह, ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह र ‘देश बिर्सेर’ कथासङ्ग्रह जस्ता कृतिका स्रष्टा नाति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतसँग आवद्ध रहेका छन् । नाति कथा, कविता, गीत र मुक्तक विधाका साथै सङ्गीत सृजना, गायन र वाद्यवादन कलामा समेत अब्बल साधकका रूपमा सुपरिचित छन् । नाति बेलायती–नेपाली डायास्पोरिक समाजका एक गौरवशाली प्रतिभा हुन् । मिक्लाजुङ गाउँपालिका–६, कन्याटार, पाँचथरका नरेश नाति हाल गोर्खा सैनिक सेवामा सेवारत छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रष्टालाई मञ्च प्रदान गरी उनको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ । सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरी अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० मा कवि तथा कथाकार टंक वनेम, सन् २०११ मा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ मा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ मा गायक नोर्देन तेन्जिङ भुटिया, सन् २०१४ मा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ मा कवि तथा कथाकार रक्ष राई, सन् २०१६ मा कवि तथा गीतकार निर्मला परिवेश राई, सन् २०१७ मा कवि डा रूपक श्रेष्ठ, सन् २०१८ मा साहित्यकार गणेश राई, सन् २०१९ मा साहित्यकार जानु काम्बाङ, सन् २०२० मा कोभिडको कारण कुनैपनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन र सन् २०२१ मा भर्चुअल मार्फत कवि कोमल मल्ल सन्  २०२३ मा गायक, संगीतकार तथा निर्देसक धन किरण गुरुङलाई मञ्च प्रदान गरिएको थियो।  यो वर्ष भने गायक, संगीतकार तथा कबि नरेश नातिलाई मन्च प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो।

चोक गुरुङ

महासचिव

नेपाली प्रतिभा प्रतिष्ठान बेलायत 

Leave a Reply

Your email address will not be published. Required fields are marked *