नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ साहित्यकार श्री राजेश्वर थापालाई ‘प्रतिभा सम्मान– २०२४’ र युवा लेखक सन्ध्या सुव्बालाई ‘प्रतिभा पुरस्कार– २०२४’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा नगद पचास हजार, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा नगद एक लाख राशि र ताम्रपत्र रहेको छ ।
वि.सं.२००८ साल जेठ २१ गतेका दिन साबिक खोक्लिङ गा. वि .स. ६, (हाल मिक्वाखोला गाउँपालिका २) ताप्लेजुङ जिल्लामा जन्मिनुभएका सम्मानित प्रतिभा श्री राजेश्वर थापा लामो समयबाट लेखक, पत्रकार, सम्पादक र समाजसेवाकार्यमा संलग्नहुँदै आउनुभएको बहुआयामिक ब्यक्तित्वका धनी हुनु हुन्छ । उहाँका प्रकाशित ग्रन्थहरु ताप्लेजुङका शहीदहरु २०८१, तोक्पेगोला र तोक्पेगोला २०८१, ताप्लेजुङका युद्धवीर लाहुरेहरु २०८०, ताप्लेजुङको लोकसंस्कृति भाग १, २०८०, ताप्लेजुङका धर्म सम्प्रदायहरु २०७९, वरदात्री भगवती पाथीभरा (मुक्कुमलुङमा) दशौँ संस्करण २०७९, ताप्लेजुङको प्रजातान्त्रिक क्रान्तिको इतिवृत्त २०७८ लगायत दर्जनौ ग्रन्थहरु प्रकाशित छन् । उहाँका अन्य कृतिहरुमा सद्प्रयास (पर्चा साहित्य), शुभकामना (कविता संग्रह), शुभकामना (कविता कार्ड) आदि रहेका छन् । नेपाली साहित्य लेखन, सम्पादन, प्रकाशन र समाजसेवा क्षेत्रमा विशिष्ट योगदान पुर्याए वापत थापालाई ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।
यसै गरी सन् १९८८ सालमा गान्तोक, सिक्किम भारतमा जन्मनुभएकी पुरस्कृत युवाप्रतिभा सन्ध्या सुब्बा (सिङजाङगो) मुन्धुमखोज अनुसन्धान, अनुवाद तथा लेखन साथै स्थानियभाषा र संस्कृति संरक्षणमा सकृय रहेकी छन् । सन्ध्या सुब्बाका प्रकाशित कृतिहरु लिम्बू समन्स (अ डाइरेक्टरी अललिम्बू समन्स इन सिक्किम,सन् २०२२, विधा–सँस्कृति, चइत मन्धुम (द स्टोरी अफक्रियसन,सन् २०२२, विधा–मुन्धुम अनुवाद, मुजिङ्ना खेयोङ्ना मुन्धुम,सन् २०२२, विधा– मुन्धुम अनुवाद, याक्थुङ सिभिलाइजेसेन, इम्बिरी याङ्धाङ्वा पुम्मा, कलेक्सनअफ आर्टिकल्स, सन् २०२३, विधा– संस्कृति र इतिहास, याक्थुङ मुन्धुमलोर,सन् २०२४, विधा–मुन्धुमीकथाहरू प्रकाशीत भएको छ । साथै बिभिन्न सम्पदा अन्वेशन सम्बन्धि लेखहरू पत्रपत्रिकामा प्रकाशीत हुँदै आएको छ । समसामयीक विषयवस्तुको गहिरो अध्ययन, लेखन, र सम्पदा अन्वेशनमा उल्लेखनीय योगदानको कदरगर्दै सुव्बालाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको हो ।
सन् २००८ सालमा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व.ईश्वर मानन्धर, स्व.अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भटराई, बूद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा कृष्णहरि बराल, दिप श्रेष्ठ र गणेश रसिक सम्मानित भइसक्नु भएको छ । यसै गरी ‘प्रतिभा पुरस्कार’द्धारा यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ, बिमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रीन र प्रदिप मेयाङ्बो पुरस्कृत भई सकेका छन् ।

चोक गुरुङ
महासचिव
नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ।