वरिष्ठ साहित्यकार श्री राजेश्वर थापा सम्मानित र युवा लेखक सन्ध्या सुव्बा पुरस्कृत साथै प्रसिद्ध  मुन्धुम विद बैरागी काईला अभिन्नदन ग्रन्थ बिमोचन !

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्यकार श्री राजेश्वर थापालाई ‘प्रतिभा सम्मान– २०२४’ र  ‘प्रतिभा पुरस्कार– २०२४’ युवा लेखक सन्ध्या सुव्बालाई काठमान्डौको नेपथ्य हल होटल हार्दिकमा बिशिष्ट ब्यत्तित्वहरू साथै संन्चार कर्मीहरू बीच एक भब्य कार्यक्रम गरी सम्मान र पुरस्कार हस्तान्त्रण गरिएको छ । यसै कार्यक्रम बिच प्रसिद्ध मुन्धुम विद बैरागी काईला अभिन्नदन ग्रन्थको पनि बिमोचन गरिएको छ ।

नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सन् २००८ मा बेलायतमा स्थापना भएको यस सस्थाले अहिले सम्म ३० जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिसकेको छ । त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रृंखला पनि आयोजना गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष टंक वनेमज्यूको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अथिति नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति मुन्धुम विद बैरागी काईलाज्यूले सम्बोधन गरेका थिए भने नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका मानर्थ सदस्य कवि गीतकार तथा साहित्यकार शशी लुमुबुज्यूले कार्र्यक्रम सन्चालन गरेका थिए ।

प्रतिष्ठानद्वारा काठमाण्डौमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति मुन्धुम विद बैरागी काईलाज्यूले ताम्रपत्र र रू ५० हजार नगदराशिको सम्मान थैली सम्मानित स्रष्टालाई र ताम्र पत्र सहित रू १,००००० एक लाख नगदराशिको पुरस्कार थैली पुरस्कृत  स्रष्टालाई  प्रदान गर्नुभयो ।

सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र बिमल, डा. कृष्णहरि बराल ,संगीतकार दीप श्रेष्ठ र साहित्यकार गणेस रसिक सम्मानित भइसकेका छन् ।
यसै गरी प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा, गणेश गुरुङ, सुदीप पाख्रिन र प्रदीप मेन्याङ्बो पुरस्कृत भइसकेका छन् ।

चोक गुरुङ
महासचिव
नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *