बेलायत, साहित्यकार, गायक तथा संगीतकार नरेश माङपाहाङ राई (नाति) पाचँथर कन्याटारमा बाबा खोबिन्द्र माङपाहाङ राई र आमा हरिमाया राईको कोखबाट बि. सं २०३६ साल माघ २२ गते जन्म भएको थियो । हाल बेलायतको टिथवर्थमा श्रीमती मनमाया मुकारुङ राई र छोरी परिशा माङपाहाङ राईको साथमा बस्दै आउनु भएको थियो । सन् २००२ सालमा ब्रिटिश सेनामा भर्ती भई नौ महिने तालिम पूरा गरि रोयल गोर्खा राइफल्समा २१ बर्षको सेवा पश्चात् बिगत दुई बर्षदेखि REME ( Royal Electronical and Mechanical Engineer) मा सरूवा भई काम गर्दै आउनु भएको थियो । उहाँ बेलायती सेनामा २३ वर्ष पुरा गरि सैन्य जीवनबाट अवकास लिने तयरीमा हुनुहुन्थ्यो ।
सेप्टेम्बर ७ तारिकमा, आफ्नै निवास टिथवर्थमा उहाँको अल्पायूमै दुःखद निधन हुन पुग्यो । सेप्टेम्बर २० तारिक लन्डनमा उहाँको पार्थिव शरीरको अवलोकन समारोहको आयोजना गरिएको थियो । जहाँ वेलायतमा बसोबास गरिरहेका उहाँका आफन्त, साथी संगी र नंबरीहरूले अन्तिम बिदाई गरेका थिए ।
त्यसै गरि सेप्टेम्बर २२ तरिक टिडवर्थ क्यम्पमा उनको सम्मानमा एक ब्रिहत श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । सेप्टेम्बर २७ मा उहाँको पार्थिव शरीरलाई आफ्नै गृहजिल्ला पाचँथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६, कन्याटारमा पुर्यई आफन्त, गाउँले र साथीहरूको उपस्थितिमा किरात सस्कार अनुसार परम्परागत रूपमा अन्त्येष्टि गरिएको थियो ।
साहित्यकार, गायक तथा संगीतकार नाति एक सामाजिक अभियान्ता पनि हुनुहुन्थ्यो । उहाँले मिक्लाजुंग गा पा , वार्ड ६, कन्याटारमा साढे एक करोड बराबरमा निर्माण भएको बिशाल सभाहल को निर्माणमा अग्रिणी भूमिका खेल्दै, गाउँमा वृक्ष रोपन अभियान, दार्जिलिङ्ग बाट दुई अंग्रेजी शिक्षक झिकाई २ बर्ष सम्म शिक्षामा लगानी, ५ लाख बराबरको विभिन्न बाद्यबादन गाउँमा उपलब्ध गराए, बार्षिक रुपमा सांगीतिक, जनचेतना मुलक कार्यक्रम, जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आउनु भएको थियो । साथै गाउँमा संगीत बिद्यालय स्थापना गर्न अग्रिणी भूमिका खेल्दै आउनु भएको थियो।
उहाँ साहित्य, कथा, गीत, मुक्तक, कविता, गायन, सङ्गीत समायोजन, बाद्यबादन ( हार्मोनियम, गिटार, मादल) मा अत्यन्तै रुचि राख्ने ब्यक्ति थिए । उहाँका प्रकाशित कृतीहरु बाटो खोज्दा खोज्दै ( गिती संग्रह २००९), मन बैमानी ( मुक्तक संग्रह २०१३), देश बिर्सेर (कथा संग्रह २०१८) र मुक्तम महक ( सङ्युक्त मुक्तक संग्रह २०१९) रहेका छन् । उहाँले लगभग २० भन्दा बढि गीतहरुमा सङ्गीत गरि सक्नु भएको छ । उहाँको सङ्गीतमा नेपालका चर्चित गायक गायिकाहरू जस्तै अन्जु पन्त, कुबेर राई, मिलन अमात्य, राजेश पायल राई र निशा देशार आदि , गायक गयिकाहरूले स्वर दिई सक्नु भएको छ । उहाँका सस्थागत सम्बद्धताको सम्बन्धमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका सस्थापक सदस्य रहनुका साथै दुई कार्यकाल (६ बर्ष) सचिव को कार्यभार समाल्नु भएको थियो । कन्याटार सिर्जनशिल युबा तथा प्रबाशी समूह पाचँथरका सस्थापक सदस्य साथै रबि महाभारा बेल्ट युकेका सदस्य समेत रहनु भएको थियो ।
स्राष्टा नरेस नातिलाई गत बर्ष मात्रै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धरा अभिव्यक्ति सम्मानले सम्मानित गरिएको थियो ।
चोक गुरुङ
महासचिव
नेपाली प्रतिभा प्रतिष्ठान बेलायत ।




