वेलायतस्थित नेपा
ली राजदूताबास लण्डनमा आज नेपालको राष्ट्रीय दिवस पारेर नेपाली संगीत महोत्सवको आयोजना गरियो। उक्त महोत्सवमा वेलायतमा रहेर लामो समयदेखि गीत-संगीतमा निरन्तर साधनारत रहनु भएका गायक गायिकाहरूको स्वरमा सुसज्जित तीन गिति एल्बमहरू सहित एल्बम “दुबोसरि रहरहरू” को लोकार्पण भएको छ। गीति एल्बमको लोकार्पण बेलायतकालागि नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुबेदीले गर्नु भएको हो।
दुबोसरि रहरहरू एल्बम भित्र गजल, लोक पप र लोक आधुनिक गीत गरि जम्मा छ ओटा गीतहरू समाबेस गरिएका छन् ।
एल्बममा बरिष्ठ साहित्यकार डा.दुबसु क्षेत्री ज्यूको एकल शब्द रचना; चर्चित यु
वा संगीतकार चोक गुरूङको एकल संगीत र बरिष्ठ संगीतकार बि बि अनुरागी को एकलसंगीत संयोजन रहेको छ ।
एल्बममा बरिष्ठ गायक कुबेर राई, (झिसमिसेमा तारा सरी) ; राई ईंच किङ राजेश पायल राई, (चुराले नै धोच्न थाल्यो); लोकप्रिय गायक यम बराल, (बोट भरि फ़ुल तिमी); संगीतकार बि बि अनुरागी, (सारङी रेटे झै); चर्चित गायिका मिलन नेवार, (फक्रयो जवानी फुल्यो जवानी); मेलोडी क्विन मेलिना राई र संगीतकार चोक गुरूङ (आँखा आँखा जुधे भने) बोलका गीतहरू समावेश गरिएको छ।
यस एल्बमको बजार ब्यवस्थापन बिन्दाबासीनि म्यूज़िक प्रालिले गरेको छ।
