नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०२२ सालको सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई ‘प्रतिभा सम्मान-२०२२’ र कवि सुदीप पाख्रिनलाई ‘प्रतिभा पुरस्कार-२०२२’ प्रदान गर्ने निणर्य गरेको हो । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।
वि.स. २००७ साल पौैष १ गते सुनसरी जिल्लाको धरानमा जन्मिनुभएका दिप श्रेष्ठले नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान दिएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो । सन् १९६८ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गरेर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका श्रेष्ठका पाँचसय भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् । उनको गीति एल्वमहरू यात्रा १ र २, दृष्टी, श्रंखला, कदम, दोभान, लिपी, प्रायश्चित, वेष्ट अफ दिप श्रेष्ठ र वेष्ट अफ नारायण गोपाल र दिप श्रेष्ठ लगायतका धेरै एल्वमहरू वजारमा आएका छन् । उनका म त दूर देखि आए.., हर रात सपनिमा.., वितेका कुराले.., कति कम्जोर रहेछ.., हु यात्री म.., झीरमा उनिनु एउटा कुरा.., हिउचुलीमा..जस्ता दर्जनौ कालजयी गीतहरू आज पनि उतिकै चर्चित छन् । अल्लाहवाद, इण्डीयाबाट संगीतमा स्नातकसम्मको शीक्षा हासील गरेका दिप श्रेष्ठ नेपाल प्रज्ञाप्रतिष्ठानको संगीत निर्देशक भएर लामो समयसम्म सेवा गरे । स्वदेश तथा विदेशको बिभिन्न ठाउँहरूमा एकल गायन शोहरू सम्पन्न गरिसकेका छन् । यस्तै गरि चर्चित कार्यव्रmम द भोइस अफ नेपालको प्रशीक्षक तथा अन्य गायन प्रतियोगीताहरूमा निणर्यकको भूमकिा निभाउदै आइरहेका छन् ।
वि.स. २०२८ साल आश्मिन १९ गते सुनसरी जिल्लाको धरानमा जन्मिनुभएका सुदीप पाख्रिन धरानका एक सशक्त युवा कवि हुन । वि.स. २०४८ सालबाट कविता लेख्न सुरू गरेका उनको पहिलो कृति आदिम मौनता कवितासङ्ग्रह २०६७ र दोस्रो दगुरिहिड्ने चौबाटो कवितासङ्ग्रह २०७३ प्रकाशीत गरिसरेका छन् भने बोध नियात्रा सङ्ग्रह र एउटै शिर्षकका कविताहरूको सङ्ग्रह प्रकाशोन्मूख रहेको वताउछन् । कृष्णभूषण बल युवा सिर्जना पुरस्कार लगायत धरै सम्मान प्राप्त गरिरसकेका पाख्रिन कलरव, धरान र कृष्ण पाख्रिन प्रतिष्ठान, धरानका संस्थापक सदस्य भएर साहित्यिक तथा सामाजिक कार्यमा संलग्न हुदै आएका छन् । नेपाली कविता क्षेत्रमा महत्वपूणर् योगदान दिएवापत कवि पाख्रिनलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो ।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो दार्जिलिङ र गोपाल पराजुली, डा. राजेन्द्र बिमल र डा. कृष्णहरि बराल सम्मानित भइसक्नु भएको छ । यसै गरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा र गणेश गुरुङ पुरस्कृत भइसकेका छन् ।