नेपाली प्रतिभा प्रतिष्ठान बेलायत: १४औँ अभिव्यक्ति शृङ्खलामा धन किरण गुरुङको एकल गायन प्रस्तुति

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १४औं अभिव्यक्ति शृङ्खला भब्य र सभ्य ढंगले सम्पन्न गरेको छ। फोल्कस्टोन स्थित Newington भिलेज हलमा सम्पन्न चौधौं शृङ्खलामा बहु-प्रतिभासाली श्रस्टा गायक, संगीतकार तथा निर्देशक श्री धन ‘किरण गुरूङलाई मञ्च प्रदान गरिएको हो।

गत शनिबार सम्पन्न कार्यक्रममा स्रस्टा धन किरण गुरुङलाई नेपाली टोपी र ताम्र पत्रले सम्मान गरिएको थियो। झन्डै दुइ घण्टा चलेको उक्त कार्यक्रममा स्रस्टा गुरुङले दुई भाग गरि पन्ध्र वटा उत्कृष्ट गीतहरु प्रस्तुत गरि दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए। साथै कार्यक्रमको बीच भागमा देश तथा विदेशबाट पठाउनु भएको बधाई तथा शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्व र गैर आबासीय नेपाली संघ युकेका अध्यक्ष श्री प्रेम गाहा मगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा केन्ट काउन्टी काउन्सेलर रोरी लव बिषेश अतिथिका रुपमा रहनु भएको थियो।

उक्त कार्यक्रममा सहभागीहरु माझ  बरिष्ट संगीतकार गणेश गुरुङ, निर्देशक प्रभु गुरुङ, गायक तथा संगीतकार बिसी राई, हिमालयन ब्याण्डका ड्रमर राजिब राई जस्ता स्थापित कलाकारहरु समेत उपस्थित रहेका थिए।  प्रतिष्ठानका सचिव नरेश नातिले कार्यक्रम संचालन गर्नुभएको थियो भने संस्थाका पुर्व अध्यक्ष श्री दयाकृष्ण राईले स्वागत मन्तब्य, संस्थाका पुर्व महासचिब मिजाश तेम्बेले स्रस्टाका बायोग्राफी पढेर सुनाउनु भएको थियो साथै सह-सचिब अन्जु अन्जलिले  हाल सम्म अभिव्यक्ति शृङ्खलामा मन्च प्रदान गरिएका श्रस्टाहरुको नामावली पढेर सुनाउनु भएको थियो।

बि सं २०३८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका गायक धन ‘किरण गुरूङले चारसय भन्दा बढि गीतहरूमा आफ्नो स्वर दिएका छन् । कलिलो उमेरमै ब्रिटिश गोर्खा पल्टनमा आवद्ध हुन पुगेका उनले सन् १९८७ मा ‘डाडाँ पारिको त्यो गाउँमा बोलको गीत बिएफबिएस गोर्खा रेडियो हङकङमा गाएपछि निकै चर्चामा रहेको थियो । पपस्टार नोर्देन तेन्जिङ भुटिया लगायतको हिमालयन व्याण्ड सन् १९९० बाट धन ‘किरण’ गुरूङले हिमालयन व्याण्ड २ नामले सञ्चालन गर्दै आइरहेका छन् । उनको गीति एल्वमहरू ‘चाहाना’–सन् १९९१, ‘अतीत –सन् १९९४, ‘भावना’–सन् २००० साल, ‘फेरि आज’–सन् २००२ साल, ‘जिन्दगी’–सन् २००४ साल र ‘जोर्नी’–सन् २०१४ सालमा प्रकाशित भएको छ । उनको लोकप्रिय गीतहरू ‘तिमी र मले १३औ बिन्दाबासिनी म्युजिक अवाड उत्क्रिस्ट गायकको उपादि ‘किन हो किन बोलको गीतले तेस्रो ज्योति फ्लिम अवड र ‘हावा सरर’ले नेपालको विभिन्न म्युजिक अवार्डहरू जित्न सफल भईसकेका छन् । त्यसरीनै उनका केही गीतहरू र म्यूजिक भिडियोले विश्वभरिका दर्शक श्रोताहरूको मन जित्न सफल भएका छन् । गायक गुरूङको आफ्नै म्युजिक कम्पनी डिजी प्रोडोक्शन हाउसमार्फत गीत रेकर्डिङ, म्यूजिक भिडियो र छोटो फिल्महरू उत्पादन गर्ने र भ्वाइस रेकर्डिङ कार्यहरू पनि गरिरहेको छ । गायन बाहेक गीत लेखन, संगीत संयोजन र म्यूजिक भिडियो निर्देशन साथै समाजसेवामा पनि उनी सकृय रहदै आइरहेका छन् ।

ब्रिटिश गोर्खा सेनामा लामो समय सेवा गरेका गायक धन ‘किरण गुरूङ सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आइरहेको छ । उनी फोल्कसटन टाउनको पूर्व काउन्सिलर पनि हुन् । उनको अगुवाईमा स्थानीय समुदायसँगको सहकार्यमा गोर्खा मेमोरियल स्टाच्यू फोल्कसटन्को सामुद्रिक क्षेत्रमा स्थापना गरिएको छ । उनले यस्ता धेरै सामाजिक कार्यहरू सम्पन्न गरेका छन् । स्थानीय ब्रिटिश तथा गोर्खा समुदायसँग उनको राम्रो सम्बन्ध रहेको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रष्टालाई मञ्च प्रदान गरी उनको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ । सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरी अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २०१० मा कवि तथा कथाकार टंक वनेम, सन् २०११ मा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ मा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ मा गायक नोर्देन तेन्जिङ भुटिया, सन् २०१४ मा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ मा कवि तथा कथाकार रक्ष राई, सन् २०१६ मा कवि तथा गीतकार निर्मला परिवेश राई, सन् २०१७ मा कवि डा रूपक श्रेष्ठ, सन् २०१८ मा साहित्यकार गणेश राई, सन् २०१९ मा साहित्यकार जानु काम्बाङ, सन् २०२० मा कोभिडको कारण कुनैपनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन र सन् २०२१ मा भर्चुअल मार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो।  यो वर्ष भने गायक, संगीतकार तथा निर्देसक धन किरण गुरुङलाइ मन्च प्रदान गरि कार्यक्रम सम्पन्न गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *