रसिक र मेन्याङ्बो पुरस्कृत हुदै

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वर्ष २०२३ कालागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक श्री गणेश रसिकलाई प्रतिभा सम्मान र मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रतिभा पुरस्कार अर्पण गर्ने भएको छ। यहि फागुन २८ गते सोमबारका दिन हुन गइरहेको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सर्बोच्च कवि तथा मुन्धुम बिज्ञ श्री बैरागी काइँला रहनुहुने पक्का भएको छ। पुरस्कृत व्यक्तित्वलाई नेपाली एक लाख रुपैयाँ र ताम्र पत्र साथै सम्मानित स्रष्टालाई पचास हजार सम्मान राषी र ताम्र पत्र प्रदान गरिने छ। राजधानी काठमाडौँ पुतलीसडकमा रहेको ग्रिनलिफ फूड क्याफेमा दिउसोको एक तिस बजे बाट कार्यक्रम शुभारम्भ हुने योजना रहेको प्रतिष्ठानका महासचिव चोक गुरुङ्गले जनाएका छन ।

सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र बिमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् भने गत वर्ष वरिष्ठ कवि बैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन समेत गरिएको थियो ।
यसै गरी प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *