बेलायत, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १६औ अभिव्याक्ति शृङ्खलाका लागि कवि दवेन्द्र खेरेसलाई मञ्च प्रदान गर्ने भएको छ । संस्थाको अध्यक्ष टंक वनेमको अध्यक्षतामा बसेको बैठकले खेरेसलाई मञ्च प्रदान गर्ने निर्णय गरेकोे हो । यसवर्षको अभिव्याक्ति शृङ्खला आगामी ७ जुन २०२५ मा आशफोर्ड, केन्टमा आयोजना गर्ने संस्थाले जनाएको छ ।
पचासको दशकबाट कविता लेख्न सुरू गरेका खेरेसका दई कृतिहरू रूङ्रीको बयान र नदी किनारा (कवितासङ्ग्रह २०६५) र कोलम्बस यात्रा (कवितासङ्ग्रह २०७५) प्रकाशित छन् । कवि देवेन्द्र खेरेस हङकङ डायोस्पोराबाट नेपाली कविता साहित्यमा उदाएका एक सशक्त कवि हुन् । नेपाली कविता लेखनमा अलग पहिचानको मान्यता राख्ने उनका कविताहरू काव्यिक इतिहासको एउटा महत्वपूर्ण खुराक बन्न सक्दछ । कवितामा नोस्टाल्जिक प्रेम, युगौँ देखिको आदिवासी पीडा र अस्तित्वको खोज र अन्वेषण भेटिन्छन् । प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पीत कवितामा यन्त्रवत जीवनका भोगाइहरू छटपटिएका छन् । थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पारको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कविताहरू बुभ्mन सकिन्छ । कवितामा नेपालको पुरातनपन्थी सोचसँग विमती राख्छन् आक्रोशको ज्वारभाटा उकेल्छन् । कवि आफ्ना कविताहरूमा क्रमभङ्गताको पक्षमा उभिएका छन् ।
उनका कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोह भेट्न सकिन्छ । कविता सवै विषयवस्तुमा उनले धेरै ठाउँ आफू जन्मेको भूगोल छोडेर डायोस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाएका छन् । समय अनुसार नयाँ चेतनाको विकासको वरण आजको मान्छेले गर्नुपर्ने तथ्यलाई अघि सारेका छन् । उनका कवितामा मिथक, बिम्व, प्रतीक र भाषाको समेत सुन्दर संयोजन भएको पाइन्छ । कवि खेरेसको एकल प्रस्तुतिमा डेढदर्जन नयाँ तथा पुराना सृजनाहरू प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा संस्थाद्धारा प्रकाशीत वरिष्ठ कवि तथा मुन्घुम अन्वेषक बैरागी काइलाको सामाजिक तथा सृजनात्मक आयामको बारेमा लेखिएको कृति ‘बैरागी काईला नागरिक अभिनन्दन ग्रन्थ’ प्रमुख अतिथि बेलायतका लागी नेपाली राजदुत महामहिम चन्द्रकुमार घिमिरेबाट लोकापर्ण गरिनेभएको छ । उक्त कृतिमा बिभिन्न कवि, लेखक तथा प्राज्ञहरूको गहन लेखहरू समावेश गरिएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापनाकालदेखी बेलायतमा प्रत्येक वर्ष अभिव्याक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरेर स्रस्टाको सृजनाहरू प्रसतुत गर्दै आइरहेको छ । सन् २००८ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरि अभिव्याक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००९ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई । सन् २०१० सालमा कवि तथा कथाकार टंक वनेम । सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ । सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली । सन् २०१३ सालमा गायक नोर्देन तेन्जींङ भूटीया । सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा । सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई । सन् २०१७ सालमा कवि डा। रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो । सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्याक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यव्रmमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुवल मार्पmत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो। यसैगरि सन् २०२३ सालमा गायक धन किरण गुरूङ सन् २०२४ सालमा गायक तथा साहित्यकार नरेश नातिलाई मञ्च प्रदान गरिएको थियो ।


