बुँद राना

बरिष्ठ गजलकार बुँद रानाको जन्म बि.स.२००३ साल भदौ ३० गते धैरीचौर (कुर), अर्घखाचीमा भएको हो । वहाँको पुष्टकारी ( बाल कबिता सङ्ग्रह २०५०), खै गुजी ( बाल कबिता सङ्ग्रह २०५४), चनाचट्पटे ( बाल कबिता सङ्ग्रह), अब किन मान्थिन् (ब्यङगात्माक कबिता सङ्ग्रह २०५१), रातो मलाई प्यारो (गजल सङग्रह २०५६), रतौन्डीको दो दो धन्दा ( अनुबाद), चल्दैछ जीन्दगी (गजल सङ्ग्रह २०६४), तिल्मा लेङ्गमा ( गिति नाटक २०६६ ), छिनोफानो (…….) प्रकाशित छन् ।

वहाँले साहित्य सन्ध्या पुरस्कार (२०५१ ), ब्यथिति काब्य पुरस्कार (२०५२ ), केवलपुरे किसान प्रतिभा पुरस्कार (२०५४), नुर गंगा प्रतिभा पुरस्कार २०६२), पारिजात स्मृति पुरस्कार (२०६४), प्राप्त गर्नु भएको छ । वहाँ अमरज्योति साँस्कृतिक परिवार २०२४ र सिद्धार्थ साहित्य परिषद २०३८ को संस्थापक पनि हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *