मिजास तेम्बे

मिजास तेम्बे

साहित्यिक नाम :– मिजास तेम्बे
नाम: – टंक बहादुर तेम्बे
जन्ममिति: – २०३९ चैत्र २०
शिक्षा: – अनर्स डिग्री (दर्शन शात्र र मनोविज्ञान)
जन्मस्थान: – ढुंगेसाँघु –७, तेम्बे ताप्लेजुङ्ग, नेपाल
हालको बसोबास: बेलायत
बिधाः गीत, गजल, कविता, निवन्ध र दर्शनशास्त्र
कृतिहरू:-
१. प्यास नजरको , २०६१ (गजल संग्रह), बिबेक सिर्जनशील प्रकाशन, काठमाण्डौं ।
२.‘उद्गार’ २०६३ (गीति एल्बम), स्काई म्युजिक लिमिटेड, काठमाण्डौं ।
३. सीमाहीन बिम्वहरु २०६३, कविता संग्रह (संयुक्त सम्पादन), प्रवाशी साहित्य समाज, बेलायत ।
४.ग्रीनवीचका प्रतिध्वनीहरु २०६५, कविता संग्रह (संयुक्त सम्पादन), प्रतिभा प्रकाशन, बेलायत
५.अर्थ अवतरण, २०६६ (कविता संग्रह), प्रतिभा प्रकाशन, बेलायत ।
६.गोर्खा वर पोयमस्, सन् २०१३ (संयुक्त सम्पादन), अर्थर हाउस, बेलायत ।
७.नवचेतनाग्रह, २०६९ (सैद्धान्तिक चिन्तन दर्शन र सिर्जनाहरु –सह लेखन ), प्रतिभा प्रकाशन, बेलायत
८.डायस्पोरा सिद्धान्त, रचना र समालोचना –२०७२ (सह लेखन), प्रतिभा प्रकाशन, बेलायत

 

१. म धेरै कुरा बुझ्दिन………….

म आफूलाई हेर्न भ्याएसम्म हेर्छु,
धेरै कुरा आफ्नै पनि छेलिदो पो रहेछ,
कति कुरा आफ्नै पनि नबुझिदो रहेछ

म र मेरा पुर्खा कताबाट आए ?
बंशावलीको लहरोले भ्याउँछ ?
म पुग्न चाहन्छु धेरै पछिल्तिर……..
तर कहाँ सम्म मलाई थाह छैन

आफै माथि विचार गर्छु
धेरै कुरा त आफ्नै पो बुझ्दिन
म मेरो विश्वास गरिटोपल्छु,÷ सक्तिन
म आफूलाई संचालन गरिटोपल्छु,÷ सक्तिन

को हो त्यो ?
जस्ले मलाई बोलाउँछ÷ हिडाउँछ÷ सोचाउँछ
मेरो बुद्दिको फित्ताले भेट्ला ?

योजनाका फेहरिस्त छन्
भरे, भोलि र दशकौं सम्मका……….
थाह छैन ती कहाँ पुग्छन्
तथापि बनाउदै रहन्छु सपनाहरु……

वरिपरि हेर्छु
कति देखिन्छ, कति छेलिन्छ
बाहिर बाहिर देख्छु भित्र देख्तिन
यो सानो आँखाको ऐनामा
कति सानो प्रतिविम्ब जगतको ?

के के भईरहेछ,
बुझ्न खोज्छु
थोरै बुझेजस्तो हुन्छ, धेरै बुझ्दै बुझ्दिन

 

दिक्क लाग्छ
के गर्नु, फेरि रहर जाग्छ,
प..र क्षितिज सम्म हेर्छु, यो धर्तीको फैलावट
त्यहाँ सम्म देख्न खोज्छु जहाँ मेरो न त बाह्य दृष्टि पुग्छ न अन्तर दृष्टि नै
के होला साेंच्छु,
कल्पना गर्छु
मलाई थाह छ,
त्यो सत्य नहुन पनि सक्छ ।

आकाश हेर्छु, सगरमा हराउँछु एक छिन,
सूर्य, चन्द्र र ताराहरु दखिन्छन् आकाशमा÷ बस् देखिन्छन्
के ती आधुनिक विज्ञानको भाँडोमा अटाउँलान ?
ती नजिकमा कत्रा छन् ?
सच्चामा कस्ता छन् ?
कति छन ? कसरी छन् ?
म जान्दिन ।
तर ती मेरा आँखाले भ्याएसम्म हेर्न छोड्दिन
मलाई आनन्द लाग्छ ।

छेउवैमा छ गमला
फूलेका छन फूलहरु
यी मलाई औधि मन पर्छन्
सुगन्ध मन पर्छ
हेर्छु र रमाउछु ।

ढुङ्गा भन्दा फूल हेर्दा किन रमाएको म ?
यो सुगन्ध कतावाट आएको ?
मलाई थाह छैन,
तर जे होस म यसैलाई बेहद मन पराउछु

हेरीपठाउछु समुद्र टाढा टाढा सम्म
छालहरु आउछन्, जान्छन्
रोमाञ्चित हुन्छु म
किनारामा उभिएर समुद्रको फैलावट हेर्दा आनन्द लाग्छ ।

एक पछि अर्काे छालहरु उर्लेको देख्ता उदेक लाग्छ
हावा चलेको र चराहरु उडेको देख्ता मन फरुङ्ग हुन्छ
मिजास तेम्बे

म सोच्न सक्तिन यो समुद्र कति गहिरो छ
यस भित्र के के होलान ?

यो बतास जो मलाई भरखरै साउती मारेर गयो
कहाँवाट आयो ?
कता गयो ?
यी चराहरु जो आकाशमा उन्मुक्त छन् ÷ देख्छु
ती के साँचीकै स्वतन्त्र छन् ?
ती के खान्छन् ?
कहाँ बस्छन् ?
मलाई थाह छैन ।

म धेरै कुराहरु बुझ्दिन….
फेरि पनि मलाई जीवनदेखि खुशि लाग्छ
प्रकृतिदेखि रमाईलो लाग्छ ।

 

२. गन्थन सुभाज्यू संग……………….

सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन्
कहिले रोटीमा झगडा गर्छन् ।
कहिले भेटिमा लुछाचुडी गर्छन् ।
आफै नियम बनाउछन् ÷ आफै बिगार्छन्
यी चार जातीका छत्तीस् वर्णहरु,
चार वर्णका छत्तीस् जातीहरु ,
अंश वण्डा मागी रहेका छन् अहिले
सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

यो पिरोलो घरको पनि, कहिल्यै बिसेक नहुने भयो
ईतिहास देखि नै यहाँ
मिजास तेम्बे

किसिम किसिम हुदै आएको छ ।
येस खेप, यो दाफा
कानले के के सुने पनि,
आँखाले थरी थरी देखे पनि,
अखबारमा बा¨ो टि¨ो पढे पनि,
टि भिमा नौटङकी हेरे पनि, मेरो मनको देवता मान्दैन
यहाँ नेर तुस् छ है………तु……स……..
प्रसंगले गलत अर्थ लागेमा, रिसानी माफ पाऊँ
मनमा के के लागिरह्यो,
भित्र भित्रै पोलीरह्यो,
सो बोलि दिए,
सो ओकलि दिए

सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

 

३. समय मान्छे र म
म बोल्न खोजिरहेछु,
म खोल्न खोजिरहेछु ।
बताउन सक्छु कि सक्दिन,
बुझाउन सक्छु कि सक्दिन।

मान्छे, सधैं बिरोधाभाष देखिरहन्छ
मान्छे, सधैं अनिर्णित बोलिरहन्छ
मान्छे, सधैं अन्धधुन्द गरिरहन्छ
मान्छे, सधैं, बेठेगान हिडिरहन्छ
जम्मामा,
समय ब्रम्हमा,
मान्छे, छमछम नाचिरहेछ, मात्र भ्रम बाँचिरहेछ ।

सबै अनियन्त्रित, फेरी नियन्त्रित जस्तो पनि,
मिजास तेम्बे

सबै अस्तब्यस्त, फेरी ब्यबस्थित जस्तो पनि,
सबै भद्रगोल, फेरी संगोल जस्तो पनि,
सबै लथालि¨, फेरी समेटिए जस्तो पनि,
आजको मान्छे,
अनेकन धर्महरुले किचिएको छ,
बिबिध दर्शनहरुले थिचिएको छ,
राजनैतिक साँध सीमाहरुले मिचिएको छ,
यान्त्रीक चटकहरुले खिचिएको छ ।

एउटा अनाम सन्त्रासको बादलले सधैं छोप्न खोजिरहेछ मान्छेलाई ।
एउटा बेखबर हुरीले उडाउन खोजिरहेछ,
एउटा भयङकर छालले बगाउन खोजिरहेछ,
एउटा अर्कै डरलाग्दो सूर्यले डढाउन खोजिरहेछ ।
पाईला पाईलामा दुर्घटनाको सम्भावना बोक्छ आजको मान्छे ।
प्रत्येक श्वासमा, निश्वास रोकिन सक्छ ,
प्रत्येक नजरमा, दृष्टी मेटिन सक्छ,
प्रत्येक स्पर्समा, चेतना हराउन सक्छ,
प्रत्येक अनुभूतिमा, संबेदना मर्न सक्छ ।

मान्छेले समयलाई हाँकिरहेछ या,
समयले मान्छलाई घिस्याईरहेछ ?
मलाई सोच्न देऊ, मलाई बिचार गर्न देऊ ।
म यी तमाम चिन्तनहरु माथि चिन्तन गरिहेछु ।
एक छिन पर्ख,
मलाई खाली ठाउँहरुबाट बोल्न देऊ,
मलाई खाली कोणहरुबाट हेर्न देऊ,
मलाई खाली जग्गाहरुमा पाईला राख्न देऊ,
म सत्यको अन्बेशणमा निस्किएको छु ।

म पागल जस्तो, न त पुरै पागल,
सद्दे मान्छे जस्तो पनि, न त पूर्ण सद्दे मनिस,
अलिकति नमिलेको, अलिकति नपाकेको,
सधैं अल्पज्ञ,
सधैं अर्ध,
सधैं अपुरो,
ठ्याक्कै यो समय जस्तै,
र यो समयको मान्छे जस्तै म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *