अनेसास यूके च्याप्टर मार्फत प्रदान गरिदै आएको सुप्रमा-ईप्रमा पुरस्कार यस बर्ष कवि देवेन्द्र खेरेसलाई वहाँको कविता सँग्रह ‘कोलम्बस यात्रा’ को लागि प्रदान गरिएको छ l
२५ जुलाई शनिवारका दिन सभापति लाराको सभापतित्व तथा प्रमुख अतिथी महामहिम राजदूत डा दुबसु सुबेदी, केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, नेपाल, नवनिर्बाचितत्रय अध्यक्ष प्रकाश पौडेल ‘माईला’,जापान, बरिष्ठ उपाध्यक्ष गोबर्धन पूजा, अमेरिका, सदस्य डा रेणुका सोलु, नेपाल, सल्लाहकार सुमल कुमार गुरुङ्ग तथा बेलायतका साहित्यकारहरुको समुपस्थितिमा जुम मार्फत मनाइएको भानु तथा ईश्वर जयन्तिको अवसरमा पुरस्कार समितिको तर्फबाट डा रुपक श्रेष्ठद्वारा यस वर्षको पुरस्कार घोषणा गरिएको हो !
बेलायती नेपाली डायस्पोराका आदिकवि मानिने ईश्वर प्रसाद मानन्धरले आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरका स्मृतिमा सन् २०१२ मा स्थापित सो पुरस्कारको रासी २५१ पाउण्ड रहेको छ l
बिक्रम सम्बत २०२७ सालमा दिक्तेल खोटांगमा जन्मनु भएका कवि खेरेस बेलायती – नेपाली डायस्पोरामा बिगत एक दशक भन्दा अघि देखि नेपाली कविता लेखन र समालोचनामा सक्रिय हुनुहुन्छ। वेलायती डायस्पोराका एक जना ससक्त साहित्यकारका रुपमा मानिने कवि खेरेसका दुई काब्य कृतिहरु ‘रुङ्ग्ग्रिको बयान र नदी किनारा’ (२०६५) र ‘कोलम्बस यात्रा’ (२०७५) प्रकाशित छन् l
Category: गतिविधि समाचार
प्रतिभा सम्मान तथा पुरस्कार – २०१९ घोषणा !
अभिव्यक्ति शृङ्खला–१२ मा जानु काम्बाङ लिम्बूको एकल सिर्जना प्रस्तुति
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्ने नियमित वार्षिक सृजना वाचन कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को १२ औँ संस्करणमा बेलायतको अक्सफोर्ड निवासी लोकप्रिय कवि तथा गीतकार जानु काम्बाङ लिम्बू प्रस्तुत भएकी छिन् । सेप्टेम्बर १४ का दिन नर्थलण्डनको हाइवेकम, मिडल्याण्डमा आयोजित…
अभिव्यक्ति शृङ्खला भाग – ११ मा युद्ध कवि गणेश राई
आश्विन ११, २०७५ कान्तिपुर संवाददाता काठमाडौँ — नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले ‘अभिव्यक्ति शृंखला’ को एघारौं संस्करणमा कवि गणेश राई प्रस्तुत गर्यो । लन्डन बस्दै आएका खोटाङका राईले युद्धको प्रभाव र मानवीय संवेदना समेटिएका कविता सुनाए । ‘राइफलले फलाकेको जिन्दगी’ नामक युद्धकविता कृतिसहित…
प्रतिभा सम्मान तथा पुरस्कार प्रदान
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा सम्मान तथा पुरस्कार घोषणा
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको ‘एक दशक’
दशौँ वार्षिकोत्सव सम्पन्न
अभिव्यक्ति शृङ्खलाको नवौँ संस्करण सम्पन्न
युकेमा झुमा लिम्बुको गीतमा झुमिए नेपाली संगीतप्रेमी
वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङसित संगीत सिकेकी गायिका झुमा लिम्बुको एकल गायन युकेमा सम्पन्न भएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा शनिबार सो एकल गायन आयोजना गरेको थियो । भक्तराज आचार्यको ‘जहाँ छन् बुद्धका आँखा’बाट गायन शुरु…







