Category: प्रतिभा सम्मान

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ, २०७४ कार्तिक २० गते सोमबार । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । शनिबार बेलायतको हाईवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले वरिष्ठ स्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ र…

प्रतिभा सम्मानद्वारा सम्मानित प्रतिभाहरू

ईश्वर मानन्धर (सन् २००८) अम्बर गुरुङ (सन् २००९) जीवी लुगुन (सन् २०१०) भक्तराज आचार्य (सन् २०११) डा. गोविन्दराज भट्टराई (सन् २०१२) बूँद राना (सन् २०१३) टेकवीर मुखिया (सन् २०१४) प्रद्युम्न श्रेष्ठ, सिक्किम, भारत  (सन् २०१५) भागीरथी श्रेष्ठ (कथाकार), काठमाडौँ (२०१६)…

प्रा.डा. गोविन्दराज भट्टराई

अङ्ग्रेजीका प्राध्यापक हुनुहुन्छ । उहाँ अनुवाद साहित्यमा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँको जन्म २०१० साल चैत ४ गते झापामा भएको हो । उहाँले करिब आधा दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाउनुभएको छ । डा. भट्टराई हाल कीतिर्पुर…

भजनशिरोमणि भक्तराज आचार्य

भजनशिरोमणि भक्तराज आचार्यले सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य र बुबा बलभद्र आचार्यको कोखबाट जन्म लिनुभएको थियो । उहाँले जन्मेको साढे एक वर्र्षमा नै आफ्नो बुबाको मायाबाट बञ्चित हुनुपरेको थियो । ‘मलाई जीवन चाहिन्छ….’ बोलको गीत रेकर्ड गरी साङ्गीतिक…

जी.वी. लुगुन (गणेशबहादुर राई)

गाउँघरमा हलोकोदालो गर्दा गर्दै १७ बर्षको किशोर उमेरमा नै विसं २००१ मा ब्रिटिश सैन्यसेवामा भर्ती हुन पुग्नुभएका जीवी लुगुनको जन्म विसं १९८४ माघ १६ गते भोजपुरमा बाबा हरवीर तथा अमा हीराश्वरी राईको कोखमा भएको हो । जीवनमा कहिल्यै पनि पाठशालाको…

अम्बर गुरुङ

अम्बर गुरूङ नेपाली साङगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ । उहाँले सयौँ नेपाली गीतमा सङ्गीत सिर्जना गर्नुभएको छ । गुरूङको जन्म वि.सं. १९९४ फागुन १४ मा बाबु उजीरसिंह गुरूङ र आमा रेणुका गुरूङको कोखबाट भारतको दाजीर्लिङको लालढिकीमा भएको थियो । उहाँका…

ईश्वर मानन्धर

सन् १९३१ जुलाई २३, राजविराजमा माता तथा पिता अष्टमाया मानन्धर र सुन्दरप्रसाद मानन्धरको कोखबाट जन्मिनुभएका मानन्धरका लन्डनदेखि बद्रीनाथसम्म यात्रा, अपरितुष्टि (लघु उपन्यास), कैदीको पत्र (कथासङ्ग्रह), रित्तो क्यानभास (कवितासङ्ग्रह), अन्तर्भावना (कवितासङ्ग्रह), ठट्यौली (हास्यव्यङ्ग्यसँगालो), स्मृतिका पानाहरू नामक कृतिहरू प्रकाशित छन् । बेलायतमा…