Category: स्रष्टा र सिर्जना

मायाॅको प्रहार (गजल)

मायालुले दिलकोबास अन्त कतै सारे पछि
मायॅा बोक्ने मुटुनै टुक्रैटुक्रा पारे पछि ।

पिरतीको चोखो माया फूल्नै नपाई झर्नेभए
आशाको कोपीलामा पराई नजर लागे पछि ।

दोबाटोमा लाएको मायाॅ चौबाटोमा छुट्टिने भए
हेर्दा हेर्दै बिश्वासको वत्ती निभे पछि ।

चल्नै छाड्यो हरपल दौडिरहने मेरा मपाइलाहरू
निस्ठुरी मायालुले आधा बाटोमै छाडे पछी ।

बगिरहने भेलसरी भए मेरा बेदनाको आँशुहरु
सधै आउने सपनीमा भेट्न छाडे पछि ।

अग्नीप्रसाद केदेम लिम्बु
बेलायत

अन्जु अञ्जली

  नाम : अन्जु अन्जली जन्म मिति र जन्म स्थान : बैशाख १४, भोजपुर, कुलुङ आमा वावुको नाम : टिका माया राई, टेक बहादुर राई हालको वसोवास :  बेलायत   प्रकाशित कृतिहरु : १. फेरि किन विछोड (उपन्यास) २०५९, २.…

नरेश नाति

नरेश नाति

नाम – नरेश कुमार राई

साहित्यिक नामः नरेश नाति माङपाहाङ
ठेगाना – लिम्बा – १ कन्याटार, पाँचथर
शिक्षा – आई.ए
बिधाः गीत, मुक्तक र कथा

प्रकाशीत कृतिहरुः
१. बाटो खोज्दा खोज्दै (गीति संग्रह)
२. मन बेईमानी (मुक्तक संग्रह)

१.

कहाँ तिम्रो संसार कहाँ मेरो संसार
जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र

तिमी माथि आकाशमा उडी हिड्ने चरी
मेरो जीवन वतासमा पात उडे सरी
तिम्रो जीवन फूलवारीमा फूल फूले सरी
म त सधै वगरमा ढूंगा लडे सरी

तिमी सधै उज्यालोमा खुशी रोज्दै हिड्ने
मेरो जीवन अध्यारोमा बाटो खोज्दैै हिड्ने
तिमी मनको चाहनामा जून रोजी हिड्छौ
म त सधै पीरै पीरमा ब्यथा वोकी हिड्छु

२.

कति हाँस्नु भित्र रुँदै दुनियाको नजरमा
असह्य भो जीउन मलाई दुःख को यो संसारमा

किन होला हाँस्नु पर्ने सुख पाँए जस्तो
सबै कुरा पूरा भई ,खुशी छाए जस्तो
कति बोल्नु झूठो कुरा दुनियाँको नजरमा
असह्य भो जीउन मलाई, दुखिया यो संसारमा

वेइजती पो हुने हो कि नलुकाए दुःख
लुकाएर आफ्नो दुःख कहाँ हुन्छ सुख
कति छेक्नु मनको पीर दुनियाँको नजरमा
असह्य भो जीउन मलाई, दुख को यो संसारमा

३.

देशकै छोरो बन्नलाई शिरै बाजी राख्नु प–यो
विरहमा परीन आमा हजारौको आँशु झ–यो
मिठा मिठा सपनाहरु मनभरी साँच्दै गए
फर्कि आउने बाचा छाडी सधै भरी टाढा भए
कसको भर पर्ने होला सबै वाट आशा म–यो
विरहमा परीन आमा हजारौको आँशु झ–यो
जीवन यहाँ हटियाको पशु भन्दा सस्तो भयो
मानवता र संवेदना कता तिर हराई गयो
मान्छे भित्र खै के पस्यो हृदयमा ढु्रङ्गा प–यो
विरहमा परीन आमा हजारौको आँशु झ–यो

चोक गुरुङ

पुरा नामः चोक बहादुर गुरुङ जन्मा स्थान ईलाम, माईमझुवा – ६ सापडा“डा जन्म मितिः २०३५ बिधाः गीत, कविता, संगीत र गायन प्रकाशीत कृतिहरुः १. गितान्जली (गीति कबिता सग्रह) २. देशै रमाईलो (गीति एल्बम) ३. दुःखी जिबन(गीति एल्बम) ४. अनुरोध (गीति…

निर्मला परिवेश राई

                    नामः निर्मला राई परिवेश जन्मः सङदेल,खाजु ६ खोटाङ, दिक्तेल बि.स .२०३५ लेखन सुरु . बि .स .२०४६ शिक्षा .प्रबीणता प्रमाणपत्र तह प्रकाशित कृति: १,परिवेश कविता गीतसंग्रह (२०६१) २,रोशनी ृगीति अडियो…

मिजास तेम्बे

साहित्यिक नाम :– मिजास तेम्बे नाम: – टंक बहादुर तेम्बे जन्ममिति: – २०३९ चैत्र २० शिक्षा: – अनर्स डिग्री (दर्शन शात्र र मनोविज्ञान) जन्मस्थान: – ढुंगेसाँघु –७, तेम्बे ताप्लेजुङ्ग, नेपाल हालको बसोबास: बेलायत बिधाः गीत, गजल, कविता, निवन्ध र दर्शनशास्त्र…