Category: गतिविधि समाचार

रसिक र मेन्याङ्बो पुरस्कृत हुदै

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वर्ष २०२३ कालागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक श्री गणेश रसिकलाई प्रतिभा सम्मान र मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रतिभा पुरस्कार अर्पण गर्ने भएको छ। यहि फागुन २८ गते सोमबारका दिन हुन गइरहेको पुरस्कार…

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा सम्मान तथा पुरस्कार – २०२३ घोषणा !

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ । हालै…

नेपाली प्रतिभा प्रतिष्ठान बेलायत: १४औँ अभिव्यक्ति शृङ्खलामा धन किरण गुरुङको एकल गायन प्रस्तुति

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १४औं अभिव्यक्ति शृङ्खला भब्य र सभ्य ढंगले सम्पन्न गरेको छ। फोल्कस्टोन स्थित Newington भिलेज हलमा सम्पन्न चौधौं शृङ्खलामा बहु-प्रतिभासाली श्रस्टा गायक, संगीतकार तथा निर्देशक श्री धन ‘किरण गुरूङलाई मञ्च प्रदान गरिएको हो। गत शनिबार…

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा सम्मान तथा पुरस्कार घोषणा ३ डीसेम्बर २०२२

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०२२ सालको सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई ‘प्रतिभा सम्मान-२०२२’ र कवि सुदीप पाख्रिनलाई ‘प्रतिभा पुरस्कार-२०२२’ प्रदान गर्ने निणर्य गरेको हो…

प्रेस बिज्ञप्ति : नेपाली प्रतिभा सम्मान तथा पुरस्कार २०२१ घोषणा !

प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । वि.सं. २०१० साल कार्तिकमा सिन्धुलीको हत्पतेमा जन्मिनुभएका डा. बराललाई नेपाली गीत…

अभिव्यक्ति श्रृङ्खला भाग–१३ सम्पन्न

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को लागि अभिव्यक्ति श्रृङ्खला भाग–१३ गत शनिबार १२ जुन का दिन भव्यताका साथ् सम्पन्न गरेको छ। भर्चुवल रुपमा जूम मार्फत सम्पन्न भएको सो समारोहका मुख्य नायक वा अभिव्यक्ति स्रष्टा बरिष्ठ कवि तथा गीतकार कोमल…

नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा पुरस्कृत

काठमाडौँ, १७ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२० सालको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको प्रवर्धनमा उल्लेखनीय योगदान पुरयाए बापत विमललाई नगद रु ५०…

प्रेस बिज्ञप्ति : नेपाली प्रतिभा सम्मान तथा पुरस्कार २०२० घोषणा !

हिजो २० डिसेम्बर २०२०, आइतबार प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको भर्चुवल सभाले वरिष्ठ साहित्यकार तथा संस्कृतिविद डा राजेन्द्र विमललाई ‘प्रतिभा सम्मान २०२०’ र युवा कवि विमला तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा पचास…

“दुबोसरि रहरहरू” बिमोचित

वेलायतस्थित नेपाली राजदूताबास लण्डनमा आज नेपालको राष्ट्रीय दिवस पारेर नेपाली संगीत महोत्सवको आयोजना गरियो। उक्त महोत्सवमा वेलायतमा रहेर लामो समयदेखि गीत-संगीतमा निरन्तर साधनारत रहनु भएका गायक गायिकाहरूको स्वरमा सुसज्जित तीन गिति एल्बमहरू सहित एल्बम “दुबोसरि रहरहरू” को लोकार्पण भएको छ। गीति एल्बमको लोकार्पण बेलायतकालागि नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुबेदीले गर्नु भएको हो।

दुबोसरि रहरहरू एल्बम भित्र गजल, लोक पप र लोक आधुनिक गीत गरि जम्मा छ ओटा गीतहरू समाबेस गरिएका छन् ।
एल्बममा बरिष्ठ साहित्यकार डा.दुबसु क्षेत्री ज्यूको एकल शब्द रचना; चर्चित युवा संगीतकार चोक गुरूङको एकल संगीत र बरिष्ठ संगीतकार बि बि अनुरागी को एकलसंगीत संयोजन रहेको छ ।

एल्बममा बरिष्ठ गायक कुबेर राई, (झिसमिसेमा तारा सरी) ; राई ईंच किङ राजेश पायल राई, (चुराले नै धोच्न थाल्यो); लोकप्रिय गायक यम बराल, (बोट भरि फ़ुल तिमी); संगीतकार बि बि अनुरागी, (सारङी रेटे झै); चर्चित गायिका मिलन नेवार, (फक्रयो जवानी फुल्यो जवानी); मेलोडी क्विन मेलिना राई र संगीतकार चोक गुरूङ (आँखा आँखा जुधे भने) बोलका गीतहरू समावेश गरिएको छ।

यस एल्बमको बजार ब्यवस्थापन बिन्दाबासीनि म्यूज़िक प्रालिले गरेको छ।

 

 

 

सुप्रमा-ईप्रमा पुरस्कारद्वारा कवि खेरेस पुरस्कृत

देबेन्द्र खेरेस

अनेसास यूके च्याप्टर मार्फत प्रदान गरिदै आएको सुप्रमा-ईप्रमा पुरस्कार यस बर्ष कवि देवेन्द्र खेरेसलाई वहाँको कविता सँग्रह ‘कोलम्बस यात्रा’ को लागि प्रदान गरिएको छ l
२५ जुलाई शनिवारका दिन सभापति लाराको सभापतित्व तथा प्रमुख अतिथी महामहिम राजदूत डा दुबसु सुबेदी, केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, नेपाल, नवनिर्बाचितत्रय अध्यक्ष प्रकाश पौडेल ‘माईला’,जापान, बरिष्ठ उपाध्यक्ष गोबर्धन पूजा, अमेरिका, सदस्य डा रेणुका सोलु, नेपाल, सल्लाहकार सुमल कुमार गुरुङ्ग तथा बेलायतका साहित्यकारहरुको समुपस्थितिमा जुम मार्फत मनाइएको भानु तथा ईश्वर जयन्तिको अवसरमा पुरस्कार समितिको तर्फबाट डा रुपक श्रेष्ठद्वारा यस वर्षको पुरस्कार घोषणा गरिएको हो !
बेलायती नेपाली डायस्पोराका आदिकवि मानिने ईश्वर प्रसाद मानन्धरले आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरका स्मृतिमा सन् २०१२ मा स्थापित सो पुरस्कारको रासी २५१ पाउण्ड रहेको छ l
बिक्रम सम्बत २०२७ सालमा दिक्तेल खोटांगमा जन्मनु भएका कवि खेरेस बेलायती – नेपाली डायस्पोरामा बिगत एक दशक भन्दा अघि देखि नेपाली कविता लेखन र समालोचनामा सक्रिय हुनुहुन्छ। वेलायती डायस्पोराका एक जना ससक्त साहित्यकारका रुपमा मानिने कवि खेरेसका दुई काब्य कृतिहरु ‘रुङ्ग्ग्रिको बयान र नदी किनारा’ (२०६५) र ‘कोलम्बस यात्रा’ (२०७५) प्रकाशित छन् l